काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भन्दा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनकाे प्रतितोला मूल्य १ लाख २० हजार ५०० र तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० रूपैयाँ रहेकाे छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ७०० र तेजावी सुन १ लाख २० हजार १०० रुपैयाँ थियो ।
बजारमा आइतबार चाँदीको मूल्य भने यथावत नै रहेको छ । प्रतितोला १ हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology