Logo

२०८३, कार्तिक २८गते


images
images

बलिवुड

बलिवुड फिल्म ‘रामायण’ ले आठ दिनमा विश्वभरबाट कमायो एक हजार करोड

बलिवुड फिल्म ‘रामायण’ ले आठ दिनमा विश्वभरबाट कमायो एक हजार करोड

images
  • बलिवुड फिल्म ‘रामायण’ ले आठ दिनमा विश्वभरबाट कमायो एक हजार करोड
    images

    काठमाडौं । बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।

    images
    images
    images

    फिल्मले प्रदर्शनको आठ दिनमा विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाएको छ । भारतमा यसको कुल कमाइ ६७५ करोड ५ लाख भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ३५८ करोड ५० लाख भारतीय रुपैयाँ संकलन गरेको छ ।

    images
    images
    images

    फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । पहिलो दिन भारतमा ६४ करोड ८५ लाख रुपैयाँ खुद कमाइ गरेको फिल्मले पाँचौँ दिन सबैभन्दा बढी १०७ करोड ५० लाख रुपैयाँ कमाएको थियो । आठौँ दिन भने यसको दैनिक कमाइ २४.३ प्रतिशतले घटेर ५३ करोड ५० लाख रुपैयाँमा झरेको छ ।

    images
    images

    भारतमा भएको कुल खुद कमाइमध्ये हिन्दी संस्करणको हिस्सा सबैभन्दा बढी छ । हिन्दी भाषामा मात्रै ४३७ करोड रुपैयाँ कमाइ भएको छ । त्यस्तै, कन्नडमा ४८ करोड ९५ लाख, तेलुगुमा ३८ करोड ५ लाख, तमिलमा २२ करोड १५ लाख र मलयालममा १८ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।

    नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन्।

    यससँगै ‘रामायण’ आठ दिनमै विश्वभर एक हजार करोड रुपैयाँ कमाउने भारतीय फिल्ममध्ये एक बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • # रामायण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।