Logo

२०८३, आश्विन २३गते


images
images

बलिवुड

बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन

बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन

images
  • सेतोमसी सहकर्मी
  • बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन
    images
    images

    एभरेष्ट न्यूज एजेन्सी,

    images
    images
    images

    काठमाडौं । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा उनलाई गम्भीर हृदयघात भएको थियो ।

    images
    images
    images

    गोवास्थित मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार नाना पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन प्रक्रिया गरिए पनि सफल हुन सकेन । घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र उनको शव परीक्षण गरिने जनाइएको छ ।

    images
    images
    images

    विश्वनाथ पाटेकरका रूपमा जन्मिएका नाना पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा भएको थियो । उनी अभिनेता मात्र नभई निर्माता, निर्देशक तथा लेखकसमेत थिए ।

    उनले सन् १९७८ मा ‘गमन’ फिल्मबाट हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । ‘सलाम बम्बे!’ र ‘परिन्दा’ लगायतका चलचित्रबाट उनले अभिनयमा बलियो पहिचान बनाएका थिए । ‘परिन्दा’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्रफेयर पुरस्कार पाएका थिए।

    ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् ।

    सन् १९९४ मा प्रदर्शनमा आएको ‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । उनले आफ्नो अभिनयबाट तीन राष्ट्रिय चलचित्र पुरस्कार, चार चलचित्रफेयर पुरस्कार र दुई चलचित्रफेयर मराठी पुरस्कार प्राप्त गरेका थिए । सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मान गरिएको थियो ।

    नाना पाटेकरले निर्देशनमा समेत काम गरेका थिए। उनले निर्देशन गरेको ‘प्रहार : द फाइनल अट्याक’ चर्चित चलचित्रमध्ये एक हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • # नाना पाटेकर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।