Logo

२०८३, कार्तिक २८गते


images
images

भारतीय विदेश मन्त्री आउने दिन उच्चस्तरीय चिनियाँ टोली पनि आउँदै

भारतीय विदेश मन्त्री आउने दिन उच्चस्तरीय चिनियाँ टोली पनि आउँदै

images
  • भारतीय विदेश मन्त्री आउने दिन उच्चस्तरीय चिनियाँ टोली पनि आउँदै
    images

    काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर आउने दिन चीनबाट एउटा उच्च स्तरीय टोली नेपाल आउने भएको छ । भारतीय विदेश मन्त्री जयशंकर पुस १९ गते बिहान १० बजे नेपाल आउन लागेका हुन् ।

    images
    images
    images

    चीनबाट पनि त्यही दिन युनान प्रान्तको चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा टोली नेपाल आउन लागेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    चीनको युनान राज्यबाट आउन लागेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायतसँग छलफल गर्ने तय भएको स्रोतले जनाएको छ । उनीहरूको भ्रमण पुस १९ गतेदेखि २१ गतेसम्म हुने बताइएको छ ।

    images
    images

    भारतीय विदेश मन्त्री जयशंकर भने पुस १९ गते आएर २० गते नै फर्किने कार्यक्रम रहेको छ । नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय विदेश मन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।