Logo

२०८३, कार्तिक २८गते


images
images

चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी

चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी

images
  • चार्जिङका क्रममा एमजीको जेडएस ईभीमा आगलागी
    images

    काठमाडौं ।  एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागी भएको छ । एक साता अघि अर्थात् यही पुस ९ गते राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।

    images
    images
    images

    यो घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो । 

    images
    images
    images

    पार्किङकै क्रममा गाडी चार्जमा लगाइएको थियो । गाडी खुलामा घटना भएकोले अन्य धनजनको क्षति हुन नपाएको प्रहरी प्रभाग बूढानीलकण्ठका इन्स्पेक्टर योगराज खतिवडाले बताए ।  प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 

    images
    images

    गाडी धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो । तर सवारी धनी लामिछानेले भने यस विषयमा खासै कुरा गर्न चाहेनन् । ‘कम्पनीसँग कुराकानी भइरहेको छ,’ उनले भने ।

    नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले भने यो विषयमा जानकारी नभएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईभीमा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।