Logo

२०८३, आश्विन १७गते


images
images

चल्दाचल्दै ट्याक्टरको स्टार्ट बन्द भएपछि इन्जिन खोलेर हेर्दा भेटियो नुन

चल्दाचल्दै ट्याक्टरको स्टार्ट बन्द भएपछि इन्जिन खोलेर हेर्दा भेटियो नुन

images
  • चल्दाचल्दै ट्याक्टरको स्टार्ट बन्द भएपछि इन्जिन खोलेर हेर्दा भेटियो नुन
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीमा पार्किङ गरेर राखिएको ट्याक्टर  इन्जिनभित्र नुन फेला परेको छ । जसको कारण ट्याक्टरको इन्जिन नै सिज भएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ बाट संचालित सगरमाथा कन्स्ट्रक्सनका संचालक  तथा निर्माण व्यवसायी माधव खड्काको पार्किङमा  राखिएको लु ४ त ५५७ नम्बरको ट्याक्टरको इन्जिन खोलेर हेर्दा इन्जिनमा नुन फेला परेको हो।

    images
    images
    images

    पार्किङ स्थल चौताराबाट गाउँपालिकाको वडा न.५ दाङ्सिर जाँदै गर्दा बाटोमा एक्कासी ट्याक्टर  चल्न बन्द भएपछि पटकपटक कोसिस गर्दा पनि  स्टार्ट नभएपछि  चालकले मिस्त्रीलाई बोलाएका थिए।
     
    तर सदरमुकाम तम्घासबाट मिस्त्रीले गाडी तानेर ग्यारेजमै ल्याउन भनेपछि तानेर तम्घास पुर्याउनुभन्दा गाडीमा हालेर बुटवल पुर्याउन सके गाडीमा ठूलो समस्या आएपनि बनाउन सजिलो हुने भन्दै ट्रकमा हालेर  बुटवल पुर्याइएको र त्यहाँ पुगेर इन्जिन खोलेर हेर्दा ट्याक्टरको इन्जिनभित्र नुन भेटिएको र जसको कारण इन्जिन सिज भएको पाइएको कन्स्ट्रक्सनका संचालक खड्काले बताए।

    images
    images
    images

    सुनियोजित तरिकाले नै यस्तो घटना घटाइएको ठहर आफुले गरेको र बिहिवार नै प्रहरीमा निवेदन दिएर यसको कानुनी प्रक्रियामा अघि बढ्ने उनले बताएका छन् । 

    images
    images
    images

    खड्काले आफुले कसैमाथि संका गर्ने ठाउँ नभएको र प्रहरी अनुसन्धानबाट यसको छिनोफानो हुने बिश्वास लिएको पनि बताएका छन् ।

    यो घटना घट्दा खड्का कामको सिलसिलामा काठमाडौंमा थिए  ।ट्याक्टरका चालकले फोन गरेर जानकारी दिएपछि मात्रै आफुले थाहा पाएको उनको भनाई छ। 

    सजिलो बाटोमा ट्याक्टर  एक्कासि चल्न बन्द भएकोले मात्र ट्याक्टरको सन्तुलन नबिग्रेको र जसको कारण  कुनैपनी मानवीय क्षती  हुन नपाएको तर ट्याक्टरको इन्जिन पुरै खराव भएको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्याक्टर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।