नवलपरासी पूर्व । देवचुली नगरपालिका-१६ टाँगिकोटस्थित नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत चाइना कम्पनीको परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ ।
लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीको ब्लक लोड गरिएको थियो। ट्रलीको पछाडिपट्टि बसिरहेकी देवचुली नगरपालिका-४ की करिब ४० वर्षीया मनकुमारी सोती मगर ट्रली घोप्टिँदा त्यसको ढालाले च्यापिएकी थिइन् ।
ट्रलीले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology