Logo

२०८३, आश्विन ९गते


images
images

हिमाल आरोहण

मनास्लु आरोहणका क्रममा हिउँमा पुरिएर दुई जनाको मृत्यु

मनास्लु आरोहणका क्रममा हिउँमा पुरिएर दुई जनाको मृत्यु

images
  • मनास्लु आरोहणका क्रममा हिउँमा पुरिएर दुई जनाको मृत्यु
    images
    images

    गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प-३ मा हिउँले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र संखुवासभाको मकालु गाउँपालिका-२ का ४८ वर्षीय नेपाली गाइड फुर्सेम्बा शेर्पा रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुवै जना असोज ३ गते राति १० बजेसम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएपछि खोजीका लागि क्याम्प-२ बाट पासाङ पेम्बा शेर्पा र दावा शेर्पाको टोली क्याम्प-३ पुगेको थियो ।

    images
    images
    images

    खोजीका क्रममा चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु क्याम्प-३ मा दुवै जना टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए । मकालु एड्भेन्चर कम्पनीले उपग्रह सम्पर्कमार्फत क्याम्प-२ सँग सम्पर्क गरेपछि घटनाको पुष्टि भएको हो ।

    images
    images
    images

    दुवै जना मकालु एड्भेन्चर कम्पनीमार्फत मनास्लु आरोहणका लागि भदौ २२ गते सामागाउँ पुगेका थिए । मृतकको शव उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनास्लु
  • # हिउ
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।