देवदह । नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको पोखरेल सवार लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई रामग्राम-२ सेतो पुलमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको चिकित्सकले मृत घोषणा गरेका थिए । तिलोत्तमा नगरपालिका-१३ भलवाडी निवासी पोखरेलले रुपन्देहीबाट अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology