देवदह । देवदह प्रिमियर लिग (डिपिएल) मा सातौं दिनका २ वटै खेल अवरुरद्ध भएका छन् । लिगको शुत्रवारको पहिलो खेल अन्तर्गत सितलनगर सुपरस्टाइकर्स र शंकरपुर सुपर किंग्स बिच खेलका लागि टस भएपनि बर्षाका कारण स्थगित गरिएको संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
आजको पहिलो खेलमा शंकरपुरले टस जितेर फिल्डिङ्ग रोजेको थियो । पूर्व निर्धारित २० ओभरबाट ३ पटकको प्रयासका वावजुत ५ ओभरसम्म खेल खेलाउने प्रयास गरिएपनि बर्षा नरोकिएपछि दुवै टोलीलाई १-१ अंक बाडिएको संयोजक भण्डारीले जानकारी दिए ।
यसैगरी गएरातीदेखि परिरहेको बर्षा रोकिने अवस्था नरहेपछि शुक्रवारका लागि निर्धारित दोस्रो खेल समेत रद्ध गरि दुवै टिमलाई अंक बाडिएको छ । दोस्रो खेलमा सीता मेडिकल भवानीपुर रोयल्स र खैरेनी ग्लाडियटर्स विच खेल हुन नसकेपछि दुवै टिमलाई १-१ अंक बाडिएको आयोजकले जनाएको छ ।
डिपिएल तेस्रो संस्करणको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ । प्रतियोगितामा १२ लाख रूपैयाँ बढि खर्च हुने अनुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology