देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि भएको खेलाडी अक्सनमा रुपेश कुर्मी सबैभन्दा महँगो खेलाडी बनेका छन् । खैरेनी ग्लाडियटर्सले कुर्मीलाई २८ हजार रुपैयाँमा अनुबन्ध गरेको हो ।
अक्सनमा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा १४ खेलाडी बिक्री भएका छन् । टटेरा डाइनामाइटले सन्दीप खत्रीलाई २० हजार र डेभिड थापालाई १६ हजार, भवानीपुर रोयल्सले आरिफ खान र राज सुनारलाई समान १७ हजार , ढेकावर योद्धाले रामनाथ कुर्मीलाई १५ हजार र तुलबहादुर थापालाई २२ हजारमा अनुबन्ध गरेको छ ।
यस्तै शीतलनगर सुपर स्ट्राइकर्सले जितेन्द्र साहानीलाई १९ हजार र पिन्टु साहानीलाई १२ हजार, भलुही राइजिङले गोविन्द थारुलाई १४ हजार र शिवकुमार मौर्यलाई २४ हजार, शंकरपुर सुपर किंग्सले सुरज खड्का (च्यान्टे) लाई १९ हजार तथा बिर्ता राइनोजले अमित पाठकलाई १३ हजार र इन्द्रजीत यादवलाई २४ हजारमा अनुबन्ध गरेको छ । शितलनगरले ७५ हजार पर्स हजार मनिबाट ७१ हजार ७५० खर्च गर्दै ३ हजार २५० रुपैयाँ बचाएको छ ।
खैरेनी ग्लाडियटर्सले रुपेश कुर्मीबाहेक अभिषेक चापागाईं, गौतम साहानी, योगेश अग्रहरी, संकेत भट्टराई, सुरज सारु, लक्ष्मण घिमिरे, कीर्तिमान ढकाल, सागर काफ्ले, रञ्जित खड्का, शेहजाद आलम र रामबहादुर गुरुङलाई अनुबन्ध गरेको छ । कुर्मी २८ हजारमा, संकेत भट्टराई ७ हजार ५ सयमा, कीर्तिमान ढकाल र सागर काफ्ले २ हजार २ सय ५० तथा अन्य खेलाडी १ हजारदेखि १ हजार ७ सय ५० रुपैयाँसम्ममा बिक्री भए । खैरेनीले ५३ हजार ५०० मात्र खर्च गर्दै २१ हजार ५०० बचाएको छ ।
टटेरा डाइनामाइटले सन्दीप खत्रीलाई २० हजार, डेभिड थापालाई १६ हजार र नरेश श्रेष्ठलाई १३ हजारमा लिएको छ । रोहित कुँवर ८ हजार, रविश कुर्मी ७ हजार, मञ्जित हरिजन ३ हजार, सन्दीप बश्याल १ हजार २ सय ५० तथा विशाल थापा, रोहित तिवारी, विवेक खुचु, गोपाल न्यौपाने र कमल शर्मालाई १ हजार रुपैयाँमा अनुबन्ध गरिएको छ । टटेराले आफ्नो पर्सा मनिबाट सर्वाधिक ७४ हजार २५० खर्च गर्दै मात्र ७५० रुपैयाँ बचाएको छ ।
भवानीपुर रोयल्सले आरिफ खान र राज सुनारलाई समान १७ हजारमा अनुबन्ध गरेको छ । दीप सिंह ८ हजार, अशोक पासी ४ हजार, विजयकुमार धावा ३ हजार ७ सय ५०, युवराज मल्लाह १ हजार ५ सय तथा करुण क्षेत्री, दुर्गेश मल्लाह, रमझान चाई, सन्देश न्यौपाने र तरुण क्षेत्री १ हजार रुपैयाँमा अनुबन्ध भएका छन् । संगम भुर्तेल २ हजार २ सय ५० रुपैयाँमा बिक्री भए । भवानीपुरले ५९ हजार ५०० रुपैयाँ खर्च गर्दै १५ हजार ५०० जोगाउन सफल भएको छ ।
ढेकावर योद्धाले तुलबहादुर थापालाई २२ हजार, रामनाथ कुर्मीलाई १५ हजार र घनश्याम लोधलाई ९ हजारमा लिएको छ । हिमांशु चापागाईं ४ हजार ५ सय, जितेन्द्र गुप्ता ४ हजार, आयुष पंगेनी ३ हजार तथा अमृत खरेल, रञ्जित खड्का, अभिषेक कार्की, अरविन्द थापा, सम्राट थापा र सुमन न्यौपाने १ हजार रुपैयाँमा अनुबन्ध भएका छन् । अक्सनमा ६५ हजार खर्चिएर ढेकावरले १० हजार रुपैयाँ जोगाएको छ ।
भलुही राइजिङले शिवकुमार मौर्यलाई २४ हजार र गोविन्द थारुलाई १४ हजारमा अनुबन्ध गरेको छ । बिनय कार्की ५ हजार ५ सय, महेश राना ५ हजार ५ सय, रिजन पाण्डे ४ हजार ५ सय, अनूप राई ४ हजार २ सय ५०, क्युटिलाई ३ हजार, मनीष अर्याल १ हजार ७ सय ५०, अमित अली, सन्तोष केसी, सुजन ढकाल र सन्दीप पौडेल १ हजार रुपैयाँमा अनुबन्ध भएका छन् । भलुहीले ७२ हजार रुपैयाँ खर्च गर्दै मात्र ३ हजार बचाएको छ ।
शंकरपुर सुपर किंग्सले सुरज खड्का (च्यान्टे) लाई १९ हजारमा अनुबन्ध गरेको छ । अशोक यादव ५ हजार, गंगेश हरिजन ४ हजार ५ सय, मनोज ५ हजार, निश्चल ज्ञवाली ४ हजार २ सय ५०, अजय यादव ५ हजार ५ सय, रञ्जित केवट ३ हजार २ सय ५०, रोहन कुँवर ५ हजार ५ सय तथा बिनोद काफ्ले, लालबहादुर मल्लाह, सेराजुद्दिन नाउ र अन्य खेलाडीलाई १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा अनुबन्ध गरिएको छ । शंकरपुरले ६२ हजार खर्च गर्दै १३ हजार रुपैयाँ बचाएको छ ।
बिर्ता राइनोजले इन्द्रजीत यादवलाई २४ हजार र अमित पाठकलाई १३ हजारमा अनुबन्ध गरेको छ । रमजन ८ हजार ५ सय, धर्मेन्द्र यादव ५ हजार, राजकुमार पासी, इन्ताज अली र राकेश यादव समान २ हजार, विधुर खनाल २ हजार २ सय ५०, पप्पु यादव १ हजार ५ सय, किशोरकुमार २ हजार २ सय ५० तथा बैतुला खान, सजिद अली १ हजार रुपैयाँमा बिक्री भएका छन् । बिर्ताले ७० हजार खर्च गर्दै ५ हजार बचत गरेको छ ।
अक्सनमा २८ हजार रुपैयाँमा रुपेश कुर्मी सबैभन्दा महँगा खेलाडी बने । त्यसपछि सन्दीप खत्री, शिवकुमार मौर्य र इन्द्रजीत यादव समान २४ हजारमा बिक्री भए । तुलबहादुर थापा २२ हजार तथा सन्दीप खत्री २० हजारमा अनुबन्ध भएका छन् ।
डिपिएल–३ मा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । अक्सनअघि प्रत्येक टोलीलाई खेलाडी खरिदका लागि ७५ हजार रुपैयाँको पर्स बजेट तोकिएको थियो । डिपिएलको यसअघिको सिजनमा प्रतिष्पर्धा नगरेका र नयाँ दर्ता भएका टोलिको पर्समनिबाट डिपिएलले ५ हजार ५०० नयाँ दर्ता वापत लिएको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology