Logo

२०८३, आश्विन १८गते


images
images

डिपिएल–३ को अक्सन तयारी पूरा, आठ फ्रेन्चाइजीले किन्नेछन् ९६ खेलाडी

डिपिएल–३ को अक्सन तयारी पूरा, आठ फ्रेन्चाइजीले किन्नेछन् ९६ खेलाडी

images
  • डिपिएल–३ को अक्सन तयारी पूरा, आठ फ्रेन्चाइजीले किन्नेछन् ९६ खेलाडी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सनको तयारी पूरा भएको छ । असोज १७ गते हुने अक्सनमा सहभागी आठ फ्रेन्चाइजीले ९६ जना खेलाडी छनोट गर्नेछन् । अक्सनको तयारी पूरा भएको डिपिएलका खेल संयोजक गोपाल भण्डारीले बताए ।

    images
    images
    images

    डिपिएल–३ मा शीतलनगर सुपरस्ट्राइकर, ढेकावर योद्धाज, खैरेनी ग्लाडियटर्स, टटेरा डाइनामाइट, सीता मेडिकल भवानीपुर रोयल्स, भलुही राइजिङ, बिर्ता राइनोज र शंकरपुर सुपरकिंग गरी आठ फ्रेन्चाइजीले प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

    प्रत्येक फ्रेन्चाइजीले अक्सनअघि एक मार्की, एक स्थानीय र एक देवदह बाहिरका गरी तीन खेलाडी रिटेन गर्न पाउने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार रिटेन गरिएका खेलाडी ट्रेड गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

    images
    images
    images

    प्रत्येक टोलीमा १२ जना स्थानीय र चार जना देवदह बाहिरका गरी १५ खेलाडी अनिवार्य राख्नुपर्नेछ । खेलाडी खरिदका लागि प्रत्येक टोलीलाई ७५ हजार रुपैयाँको पर्स बजेट तोकिएको छ । अक्सनमा खेलाडीको न्यूनतम आधार मूल्य एक हजार रुपैयाँ राखिएको छ ।

    अक्सनपछि फ्रेन्चाइजीहरूले टोलीको अन्तिम संरचना तयार गर्नेछन् ।

    डिपिएल–३ का लागि १७२ जना खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका खेलाडीमध्ये ७१.५ प्रतिशत यसअघिका डिपिएलमा नखेलेका नयाँ अनुहार छन् । ५३.५ प्रतिशत खेलाडी देवदहका स्थानीय र ४६.५ प्रतिशत देवदह बाहिरका रहेका छन् ।

    दर्ता भएका खेलाडीमध्ये भूमिकाका आधारमा अलराउन्डरको संख्या सबैभन्दा धेरै छ । १२४ जना अलराउन्डर, ३७ जना ब्याट्सम्यान, २१ जना बलर र १९ जना विकेटकिपरले नाम दर्ता गराएका छन् । ब्याटिङतर्फ ९२.४ प्रतिशत खेलाडी दायाँहाते छन् भने बलिङतर्फ ६५.७ प्रतिशत दायाँहाते पेस बलर रहेका छन् । उमेर समूहमा २१ देखि २५ वर्षका खेलाडीको संख्या बढी रहेको आयोजकले जनाएको छ ।

    आठ टोलीमध्ये पाँच टोली अघिल्ला संस्करणमा सहभागी भइसकेका छन् भने तीन टोली नयाँ हुन् । यसअघिका दुवै संस्करणको च्याम्पियन पाकडी प्यान्थर्स भने तेस्रो संस्करणमा सहभागी भएको छैन । यद्यपि पाकडी प्यान्थर्सबाट अघिल्ला प्रतियोगितामा खेलेका मुख्य खेलाडीहरू अन्य फ्रेन्चाइजीमा रिटेन तथा मार्की खेलाडीका रूपमा रहेका आयोजक डि–युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए  ।

    प्रतियोगिताका सबै खेल सेतोमसी डटकमले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ ।

    डिपिएलको तेस्रो संस्करण कात्तिक ७ गतेदेखि देवदह क्रिकेट युनिटको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    प्रतियोगिता सञ्चालनमा करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।