Logo

२०८३, आश्विन १८गते


images
images

कांग्रेस महाधिवेशन

खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु

खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु

images
  • खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
    images
    images

    काठमाडौँ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशनमा उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरु पुग्ने क्रम शुरु भएको छ । 

    images
    images
    images

    अहिले नेकपाका संयोजक प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् भने रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु सहभागी हुदैछन् । 

    images
    images
    images

    अहिले खुलामञ्चमा काँग्रेसका प्रतिनिधिहरुसहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

    images
    images
    images

    आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।