Logo

२०८३, आश्विन १८गते


images
images

काँग्रेस महाधिवेशन

ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने

ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने

images
  • ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली आज हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सहभागी नहुने भएका छन् । खुलामञ्चमा आज अपराहन्न हुने काँग्रेसको महाधिवेशनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।

    images
    images
    images

    काँग्रेसको महाधिवेशनमा शुभकामना दिन रास्वपा सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रमसंस्कृतिका आरेन राईलगायत सहभागी हुने भएका छन् ।

    images
    images
    images

    काँग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेपनि उनी उपस्थित नहुने भएका छन् । काँग्रेसको परम्परामा सभापतिले नै उद्घाटन गर्ने रहेकाले सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने बताइएको छ । 

    images
    images
    images

    नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा शुरू हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।