Logo

२०८३, कार्तिक १५गते


images
images

राजनीति

पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपप्रति कांग्रेस नेता आङदेम्बेको आपत्ति

पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपप्रति कांग्रेस नेता आङदेम्बेको आपत्ति

images
  • पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपप्रति कांग्रेस नेता आङदेम्बेको आपत्ति
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप गर्ने कार्यप्रति आपत्ति जनाएका छन् ।

    images
    images
    images

    उनले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने, समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई त्रसित बनाउने र कार्यस्थलबाट कर्मचारीलाई धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् । उनले यस्ता गतिविधिलाई राज्यशक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको हमला भनेका छन् ।

    images
    images
    images

    अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरण तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउने विषयमा समाचार सार्वजनिक भएपछि पत्रकारमाथि धरपकड भएको उनको भनाइ छ । केही पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको र केहीलाई साइबर ब्युरोमा बोलाइएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    आङदेम्बेले पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबीसमेत गरेका छन् । यस्ता घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासन बेखबर देखिनु तथा प्रहरीबाट स्पष्ट जवाफ नआउनुले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको उनले उल्लेख गरेका छन् ।

    उनले प्रधानमन्त्रीसहित राज्यका सबै निकायलाई कानुनअनुसार काम गर्न र स्थापित अनुसन्धान निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरेका छन् । संविधानप्रदत्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी शासनको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि भएका धरपकड र अनधिकृत हस्तक्षेपको भर्त्सना गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # आङदेम्बे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।