पश्चिम नवलपरासी । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा साइकलिस्ट रवीन्द्र महर्जनले सुरु गरेको मेची-महाकाली साइकल यात्रा लुम्बिनी प्रदेशमा आइपुगेको छ । गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाहरुको महर्जनले साइकल यात्रा सुरु गरेका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रामार्फत देशका प्रमुख पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
इकल यात्री महर्जनलाई स्वागत गर्दै साइकलिस्ट एवं पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै यसरी मेची-महाकाली यात्रामा निस्कनु अत्यन्त प्रशंसनीय कार्य भएको बताए ।
शनिबार लुम्बिनी प्रदेशको कपिलवस्तु पुगेभएका साइकल यात्री महर्जनले यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्याउने बताए ।
कार्तिक ९ गते झापाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट सुरु गरिएको यात्रा आगामी कात्तिक १७ गते महाकाली पुगेर समापन गर्ने लक्ष्य रहेको महर्जनले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology