Logo

२०८३, आश्विन २३गते


images
images

भोटेकोशी बाढी

बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा निःशुल्क मुटु परीक्षण

बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा निःशुल्क मुटु परीक्षण

images
  • बाढी प्रभावित क्षेत्रमा गंगालालद्वारा निःशुल्क मुटु परीक्षण
    images
    images

    काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर २०० जनाको निःशुल्क मुटु परीक्षण गरेको छ । केन्द्रले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढीबाट प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भएका नागरिकलाई मुटुसम्बन्धी परीक्षण सेवा प्रदान गरेको हो ।

    images
    images
    images

    केन्द्रका अनुसार विदुर नगरपालिका-५ अन्तर्गत देवीघाट, पिपलटार, बट्टार बजार, बेलकोटगढी नगरपालिका-८, लिखु गाउँपालिका-२ र ३, सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका–३ को सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

    images
    images
    images

    शिविरमा कुल २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ ।

    images
    images
    images

    बाढीका कारण प्रभावित भएका र नियमित स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी केन्द्रले विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै परिचालन गरेको थियो ।

    केन्द्रले प्रभावित क्षेत्रमा पुगेर निःशुल्क मुटु परीक्षण सेवा उपलब्ध गराउँदा स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।