Logo

२०८३, आश्विन २८गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी विजयी

कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी विजयी

images
  • कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी विजयी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    उनीहरूका प्रतिद्वन्द्वी डिल्लीराम सुवेदी, देवेन्द्र राज कँडेल, राजिव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका थिए । 

    images
    images
    images

    त्यस्तै अन्य कलस्टरतर्फ विभिन्न पदहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबारसम्म सबै मतगणना सक्ने गरी हाल गणना भइरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए भने उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्य, समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका थिए। त्यस्तै महामन्त्री खुलामा प्रदीप पौडेल र उदय शम्शेर राणा र महिलातर्फ डा. डिला संग्रौला निर्वाचित भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।