Logo

२०८३, आश्विन २८गते


images
images

समाचार

आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य बढाउन गृहमन्त्री गुरुङको जोड

आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य बढाउन गृहमन्त्री गुरुङको जोड

images
  • आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य बढाउन गृहमन्त्री गुरुङको जोड
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षित सूचना आदानप्रदान, समन्वयात्मक प्रतिकार्य र भएका प्रतिबद्धताको समयमै कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    गृहमन्त्री गुरुङले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा निर्माण गर्न प्रस्ताव गरेका छन् । यसबाट सदस्य राष्ट्रहरूको सामूहिक विपद् प्रतिरोधात्मक क्षमता सुदृढ हुने उनको भनाइ थियो ।

    images
    images
    images

    उनले बैठक आयोजना गरेकोमा भारतलाई धन्यवाद दिँदै नेपालमा हालै भएका विपद्का बेला सदस्य राष्ट्रहरूले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।