Logo

२०८३, आश्विन २८गते


images
images

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

images
  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
    images
    images

    बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार १ हजार ८१० मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४६६ मत खसेको थियो ।

    images
    images
    images

    संघको नयाँ नेतृत्व चयनका लागि पौडेल र गैरेको नेतृत्वमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्यमा भने दुवै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

    images
    images
    images

    पौडेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा वसन्तप्रसाद ढकाल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) निर्वाचित भएका छन् ।

    गैरे प्यानलबाट उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र कोषाध्यक्षमा टिकराम बन्जाडे निर्वाचित भएका छन् ।

    सदस्यतर्फ पौडेल प्यानलबाट उद्योग सदस्यमा लेखनाथ भण्डारी र सुनिता शर्मा बन्जाडे निर्वाचित भएका छन् । उद्योग सदस्यकै अर्का उम्मेदवार ज्ञानबहादुर पुन गोलाप्रथाबाट निर्वाचित भएका छन् । वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी र उमेश अमात्य निर्वाचित भएका छन् ।

    खुला सदस्यमा विष्णु घिमिरे पन्थ, कमला, विष्णुप्रसाद उपाध्याय, दीपक घिमिरे र प्रदीप शाक्य निर्वाचित भएका छन् । महिला सदस्यमा मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।

    गैरे प्यानलबाट एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल, उद्योग सदस्यमा गोपाल टण्डन र वाणिज्य सदस्यमा सुनिता गिरी निर्वाचित भएका छन् । खुला सदस्यमा विजयकुमार वर्णवाल, गोपालप्रसाद बस्याल र सुनिता अर्याल निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।