Logo

२०८३, आश्विन ९गते


images
images

अर्थ

बुटवल उद्योग वाणिज्य संघले चैत २५ मा परिषद सभा गर्ने

बुटवल उद्योग वाणिज्य संघले चैत २५ मा परिषद सभा गर्ने

images
  • बुटवल उद्योग वाणिज्य संघले चैत २५ मा परिषद सभा गर्ने
    images
    images


    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि चैतमा परिषद सभा गर्ने भएको छ ।सोमवार बसेको संघको कार्यसमिति बैठकले विधान अनुसार चैत २५ गते परिषद सभा गर्ने निर्णय गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैंठकले परिषद सभामा कार्यसमितिको तर्फबाट महासचिवले प्रस्तुत गर्ने प्रतिवेदन तयारी तथा परिषद सभाका सदस्यहरुलाई पत्राचार लगायतका जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको छ ।

    images
    images
    images

    त्यसैगरी बैठकले यहि चैत २८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभामा संघबाट सहभागि हुने प्रतिनीधि समेत चयन गरेको छ । महासंघको साधारण सभामा सहभागि हुनको लागि संघबाट मुख्य प्रतिनीधिमा अध्यक्ष हरिप्रसाद अर्याल तथा प्रतिनीधिहरुमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई चयन गरिएको हो । परिषद सभामा संघले प्रकाशन गरेको वि.सं. २०८२ सालको क्यालेण्डर समेत विमोचन गरिनेछ ।

    images
    images
    images

    संघमा ‘विजनेश इन्कुवेशन सेन्टर’

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा पुनः ‘विजनेश इन्कुवेशन सेन्टर स्थापना हुने भएको छ । संघले उद्यमशिलता विकासका लागि वि.सं.२०७६ सालदेखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।

    विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघका नाममा कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीमा अनुदान स्वरुप उक्त रकम निकासा गरिसकेको छ । सोमवार बसेको संघको कार्यसमिति बैठकले विजनेश इन्कुवेशन सेन्टर सञ्चालन तथा उक्त रकम हस्तान्तरणका लागि बुटवल उपमहानगरपालिकामा पत्राचार गर्ने निर्णय गरेको छ ।

    संघका अध्यक्ष हरिप्रसाद अर्यालले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म बिजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताए । उनले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशिलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।