Logo

२०८३, कार्तिक २६गते


images
images

हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो

हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो

images
  • हार्दिक पाण्ड्याले छोडे मुम्बई इण्डियन्स, पञ्जाब किंग्सले अर्शदीपसँग साट्यो
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सले आफ्ना कप्तान हार्दिक पाण्ड्या र तीव्र गतिका बलर अर्शदीप सिंहलाई साटफेर गरेका छन् ।

    images
    images
    images

    सम्झौताअनुसार मुम्बईका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किंग्समा पुगेका छन् भने पञ्जाबबाट खेल्दै आएका तिब्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन् ।

    images
    images
    images

    आईपीएलले हार्दिक १८ करोड भारुमा पञ्जाब पुगेका हुन् । मुम्बईमा उनले १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । त्यस्तै, अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई पुगेका छन् ।

    images
    images

    हार्दिक सन् २०१५ देखि मुम्बईबाट आईपीएल खेल्दै आएका थिए । उनले सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्न थालेका थिए र दुई सिजन टोलीको कप्तानी गरेका थिए । सन् २०२४ मा पुनः मुम्बई फर्किएका उनले त्यसयता टोलीको नेतृत्व गर्दै आएका थिए । हार्दिकले आईपीएल उपाधि पाँच पटक जितेका छन् । उनले मुम्बईबाट चार पटक र गुजरातबाट एक पटक उपाधि जितेका थिए । उनको कप्तानीमा मुम्बई सन् २०२४ मा अंकतालिकाको अन्तिम स्थानमा रहेको थियो भने अर्को सिजन प्लेअफमा पुगेको थियो । सन् २०२६ मा भने मुम्बई नवौँ स्थानमा सीमित भएको थियो । उनको कप्तानीमा मुम्बईले खेलेका ३९ खेलमध्ये १५ मा जित र २४ मा हार बेहोरेको थियो ।

    अर्शदीपले सन् २०१९ मा आईपीएलमा पदार्पण गरेयता आठ सिजन पञ्जाबबाट खेलेका थिए । उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन् । यो पञ्जाबको १९ सिजनको इतिहासमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो ।

    हार्दिकको बहिर्गमनसँगै मुम्बईले आगामी सिजन नयाँ कप्तान चयन गर्नुपर्ने भएको छ । टोलीले व्यवस्थापन र प्रशिक्षक समूहमा समेत परिवर्तन गरेको छ । काइरन पोलार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। यसअघि मुख्य प्रशिक्षक रहेका महेला जयवर्द्धनेले टोली छाडेका छन् ।

    त्यस्तै, रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक, मिचेल म्याक्लेनघनलाई बलिङ प्रशिक्षक र टी दिलीपलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरिएको छ । यससँगै मुम्बईले आगामी सिजन नयाँ नेतृत्व र प्रशिक्षक समूहसहित मैदानमा उत्रने तयारी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।