Logo

२०८३, कार्तिक २६गते


images
images

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर

images
  • गोरखामा रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर
    images

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images

    बुधबार चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिएको अवस्थामा अचानक ब्याक भएर तल खसेको हो ।

    images
    images
    images

    दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । दुर्घटनामा चालक सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय वीरबहादुर गुरुङको अवस्था सामान्य रहेको छ ।

    images
    images

    त्यस्तै, ट्याक्सीमा सवार सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर रहेको छ । गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै दाहिने खुट्टा र छातीमा चोट लागेको छ । त्यसैगरी, अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

    दुर्घटनास्थल प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब सात किलोमिटर उत्तरमा पर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्याक्सी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।