Logo

२०८३, श्रावण ३०गते


images
images

दरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको निर्णय

दरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको निर्णय

images
  • दरबार हत्याकाण्डको थप छानबिन गर्ने गृहमन्त्री गुरुङको निर्णय
    images
    images

    काठमाडौं । गृहमन्त्रीको पदभार ग्रहण गरेपछि सुदन गुरुङले चार निर्णय गरेका छन् । 

    images
    images
    images

    गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिएका छन् । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने-नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनले बताए ।

    images
    images
    images

    गृहमन्त्री गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्ने समेत घोषणा गरेका छन् । उनले राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए ।

    images
    images
    images

    गुरुङले सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम निर्माण गर्ने निर्णय गरेका छन् ।

    यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउन निर्देशन दिने निर्णय गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।