Logo

२०८३, मंसिर १गते


images
images

स्वरूप परिवर्तन गरिएका ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

स्वरूप परिवर्तन गरिएका ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

images
  • स्वरूप परिवर्तन गरिएका ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
    images

    काठमाडौं । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य पाटपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। कारबाहीका क्रममा मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाई आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिनेछ ।

    images
    images

    सवारी साधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले यस्तो कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।

    ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मात्रै सवारी साधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।