काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्र सकिएको छ । काठमाडौँको खुलामञ्चमा भएको बन्द सत्रले विभिन्न प्रतिवेदनहरु पारित गर्दै सकिएको हो ।
बन्द सत्रले सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको संगठानिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । यसअघि अर्का महामन्त्री प्रदिप पौडेलले प्रस्तुत गरेको विधानसम्बन्धि प्रस्ताव बन्दसत्रको पहिलो दिन सोमबार नै पारित गरिएको थियो ।
अब बन्द सत्र सकिएसँगै काँग्रेसको महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ । नयाँ नेतृत्व चयन गर्न अहिलेसम्म उम्मेदवारी दर्ता भइसकेको छ भने अब विहिबार मतदान गर्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology