Logo

२०८३, आश्विन १९गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने

काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने

images
  • काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । सोमबार, खुलामञ्चमा बसेको कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या २३ पुर्याउने भएको हो । 

    images
    images
    images

    कांग्रेसले उपसभापतिको संख्या तीन बनाउने भएको छ । एक जना वरिष्ठ उपसभापतिसहित तीन उपसभापति रहने भएका छन् । त्यस्तै, महामन्त्रीको संख्या २ बाट बढाएर ३ बनाइने भएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी, सहमहामन्त्रीको संख्या आठ बाट १५ पुर्याइएको छ, जसमध्ये चार जना सभापतिबाट मनोनित हुने छन् । कोषाध्यक्ष भने यसअघि जस्तै सभापतिले मनोनित गर्ने व्यवस्था कायम राखिएको छ ।

    images
    images
    images

    यसअघि कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो । त्यस्तै, सहमहामन्त्रीको संख्या आठ थियो । 

    त्यस्तै केन्द्रीय कार्यसमितिको संख्या २३२ सदस्यीय हुने बताइएको छ । जसमा महाधिवेशनबाट १७१ जना निर्वाचित हुने छन् भने ६१ सभापतिले मनोनित गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।