Logo

२०८३, आश्विन १७गते


images
images

कांग्रेस राजनीति

काँग्रेस संस्थापन इतर समुहको वडा अधिवेशन आजदेखि, देउवाले गरे यस्तो अपिल

काँग्रेस संस्थापन इतर समुहको वडा अधिवेशन आजदेखि, देउवाले गरे यस्तो अपिल

images
  • काँग्रेस संस्थापन इतर समुहको वडा अधिवेशन आजदेखि, देउवाले गरे यस्तो अपिल
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समुहको वडा अधिवेशन आजदेखि शुरु हुदैछ । पूर्व सभापति देउवाले आफुलाई पार्टीको सभापति भन्दै एक पैल जारी गरेर पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् ।

    images
    images
    images

    देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पार्टीले गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि महाधिवेशन महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    images
    images
    images

    उनले देशभरका ६ हजार ७४३ वडामा आजदेखि एकैसाथ विधि र प्रक्रिया पूरा गरी सुरु हुने वडा अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई हर्षोल्लासका साथ सहभागी भएर सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    देउवाले पार्टीभित्र रहेका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।