Logo

२०८३, आश्विन १९गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो

ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो

images
  • ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको असन्तुष्टि बढ्न थालेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि केही रिपब्लिकन उम्मेदवारले ट्रम्प र उनका नीतिबाट दूरी बनाउन थालेका छन् ।

    images
    images
    images

    कतिपय उम्मेदवारले चुनावी वेबसाइटबाट ट्रम्प र उनको ‘अमेरिका फर्स्ट’ नीतिसम्बन्धी उल्लेख हटाएका छन् भने केहीले ट्रम्पसँग एउटै मञ्चमा देखिनसमेत नचाहेको समाचारमा उल्लेख छ ।

    images
    images
    images

    रिपब्लिकन नेताहरूले ट्रम्पसँगको निकटताले चुनावमा आफूहरूलाई असर पार्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । एपी–एनओआरसी सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति ३० प्रतिशत अमेरिकी मात्र सन्तुष्ट छन् । अर्थतन्त्र सञ्चालनप्रति उनको समर्थन २६ प्रतिशत र जीवनयापनको बढ्दो लागत व्यवस्थापनप्रति समर्थन १७ प्रतिशतमा सीमित रहेको छ । ६५ प्रतिशतभन्दा बढी अमेरिकीले बढ्दो मूल्यका लागि ट्रम्पका नीतिलाई जिम्मेवार मानेका छन् । 

    images
    images
    images

    ट्रम्पका केही पूर्वसमर्थक रिपब्लिकन नेताहरूले समेत उनका नीतिमाथि प्रश्न उठाउन थालेका छन् । आयोवा र मिशिगनका केही उम्मेदवारले इरान युद्ध चाँडै अन्त्य गर्न माग गरेका छन् भने केही सांसदले राष्ट्रपतिको युद्धसम्बन्धी अधिकार सीमित गर्ने पक्षमा विपक्षी दलका सांसदसँग मतदान गरेका छन् । फ्लोरिडाकी एक सांसदले ट्रम्पको कडा आप्रवासन नीतिमाथि पनि प्रश्न उठाएकी छन् ।

    रिपब्लिकन उम्मेदवारका लागि अर्थतन्त्र र महँगी मुख्य चुनौती बनेका छन् । सर्वेक्षणमा ६४ प्रतिशत अमेरिकीले ट्रम्पले आयातमा लगाएको अतिरिक्त शुल्कको विषयमा आवश्यकताभन्दा बढी कदम चालेको बताएका छन् । यही कारण आगामी मध्यावधि निर्वाचनमा ट्रम्पको आर्थिक नीतिबाट आफूलाई कसरी अलग राख्ने भन्ने विषय रिपब्लिकन उम्मेदवारका लागि कठिन बनेको समाचारमा उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।