Logo

२०८३, कार्तिक ७गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पप्रति ७० प्रतिशत युवाहरुको असन्तुष्टि

ट्रम्पप्रति ७० प्रतिशत युवाहरुको असन्तुष्टि

images
  • ट्रम्पप्रति ७० प्रतिशत युवाहरुको असन्तुष्टि
    images
    images

    काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीप्रति युवा मतदाताको असन्तुष्टि बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ ।सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेर समूहका ७० प्रतिशत मतदाता डेमोक्रेटिक पार्टीलाई समर्थन गर्छन् वा त्यतातर्फ झुकाव राख्छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनअघि यस्तो मत ५५ प्रतिशत थियो ।

    images
    images
    images

    न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणअनुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको चुनाव भए डेमोक्रेटिक उम्मेदवारलाई रिपब्लिकन उम्मेदवारभन्दा ४४ प्रतिशत अङ्कको अग्रता दिने युवा मतदाताको अवस्था देखिएको छ । दुई वर्षअघि यो अन्तर १० प्रतिशत अङ्क मात्रै थियो। सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादनप्रति ७९ प्रतिशत युवा असन्तुष्ट देखिएका छन् भने १६ प्रतिशतले मात्रै सन्तुष्टि जनाएका छन् ।

    images
    images
    images

    युवाको असन्तुष्टिको प्रमुख कारण आर्थिक अवस्था देखिएको छ । सर्वेक्षणमा ९४ प्रतिशत युवाले देशको आर्थिक अवस्थालाई खराब वा अपेक्षाभन्दा कमजोर बताएका छन् । त्यस्तै, ८६ प्रतिशतले अर्थतन्त्र सञ्चालन गर्ने ट्रम्पको तरिकाप्रति असन्तुष्टि जनाएका छन् । महँगी, पेट्रोलको मूल्य र इरानसँगको युद्धलाई लिएर बढेको असन्तुष्टिले पनि ट्रम्पको लोकप्रियतामा असर पारेको समाचारमा उल्लेख छ ।

    images
    images
    images

    रिपब्लिकन पार्टीप्रति पनि युवाको असन्तुष्टि देखिएको छ । सर्वेक्षणमा ७७ प्रतिशत युवाले पार्टीले गलत मुद्दालाई प्राथमिकता दिएको बताएका छन् । यद्यपि, डेमोक्रेटिक पार्टीप्रति पनि सबै युवा सन्तुष्ट छैनन् । ५४ प्रतिशतले उक्त पार्टीले सही मुद्दामा ध्यान दिएको बताएका छन् भने ४१ प्रतिशतले यसको प्राथमिकताप्रति असहमति जनाएका छन् ।

    सर्वेक्षणमा ट्रम्पलाई सन् २०२४ को निर्वाचनमा मतदान गरेका केही युवा मतदातासमेत उनीबाट टाढिँदै गएको देखिएको छ । क्यालिफोर्नियाका २७ वर्षीय ट्रक चालक इसाक जुआरेजले अर्थतन्त्र सुधार हुने आशामा ट्रम्पलाई मतदान गरेका थिए। तर पेट्रोलको बढ्दो मूल्य र आप्रवासन अधिकारीका कारबाहीसम्बन्धी अनुभवले उनको धारणा परिवर्तन भएको छ । 

    त्यस्तै, जर्जियाकी २१ वर्षीया केलिन हिचककले महँगो आवास, पेट्रोलको मूल्य र पर्याप्त तलब वृद्धि नहुनुलाई प्रमुख समस्या मानेकी छन् । उनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा मतदान नगरे पनि आगामी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई मतदान गर्ने सोच बनाएको बताएकी छन् ।  

    आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसद्मा बहुमत गुमाएमा ट्रम्प प्रशासनको बजेट, नीतिगत निर्णय र नियुक्तिसम्बन्धी प्रस्तावमा डेमोक्रेटिक पार्टीको प्रभाव बढ्न सक्छ । प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको नियन्त्रण भए ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय छानबिनसमेत हुन सक्छ। यद्यपि, राष्ट्रपति रूपमा ट्रम्पसँग कानुनमा निषेधाधिकार प्रयोग गर्ने र प्रशासनिक तथा न्यायिक नियुक्ति गर्ने अधिकार रहनेछ । 

    यस निर्वाचनको परिणामले सन् २०२८ को राष्ट्रपति निर्वाचनको तयारीलाई समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । तर युवा मतदाताको अहिलेको झुकावले मात्र अन्तिम चुनावी परिणाम निर्धारण गर्ने निश्चित हुँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।