Logo

२०८३, आश्विन २३गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पले आधुनिक युगका थोमस एडिसनको संज्ञा दिदै मस्कलाई दिए राष्ट्रिय विज्ञान पदक

ट्रम्पले आधुनिक युगका थोमस एडिसनको संज्ञा दिदै मस्कलाई दिए राष्ट्रिय विज्ञान पदक

images
  • ट्रम्पले आधुनिक युगका थोमस एडिसनको संज्ञा दिदै मस्कलाई दिए राष्ट्रिय विज्ञान पदक
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई राष्ट्रिय विज्ञान पदकबाट सम्मानित गरेका छन् । ह्वाइट हाउसमा आयोजित ‘विज्ञान : नयाँ स्वर्ण युग सम्मेलन’ मा ट्रम्पले मस्कलाई विज्ञान, प्रविधि, अन्तरिक्ष अन्वेषण र नवप्रवर्तन क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेका हुन् ।

    images
    images
    images

    सम्मान प्रदान गर्दै ट्रम्पले मस्कलाई ‘आधुनिक युगका थोमस एडिसन’ र ‘राष्ट्रिय सम्पदा’ को संज्ञा दिएका थिए । उनले मस्कको प्रतिभा र दृढ संकल्पले विज्ञानमा कल्पना गरिएका विषयलाई वास्तविकतामा परिणत गरेको बताएका थिए ।

    images
    images
    images

    ट्रम्पले मस्कलाई उद्योग क्षेत्रका प्रभावशाली व्यक्तित्व, उत्कृष्ट इन्जिनियर र प्रविधि क्षेत्रमा अहिलेसम्मकै महान् संस्थापकहरूमध्ये एकका रूपमा चित्रण गरेका थिए । उनले अन्तरिक्ष अन्वेषणदेखि नयाँ प्रविधिको विकाससम्म मस्कले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

    images
    images
    images

    ट्रम्पले विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको विकासमा मस्कले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए । उनले टेस्लालाई ७५ वर्षभन्दा बढी समयपछि सफल हुन सकेको नयाँ गाडी निर्माता कम्पनीका रूपमा उल्लेख गर्दै विद्युतीय गाडी र आफैँ चल्न सक्ने प्रविधिलाई व्यावसायिक रूपमा सफल बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

    उनले आफ्ना काका डा. जोन ट्रम्पको प्रसङ्गसमेत उल्लेख गरेका थिए । अमेरिकी सरकारले आविष्कारक निकोला टेस्लाको कामको मूल्याङ्कन गर्न उनलाई जिम्मेवारी दिएको ट्रम्पले बताएका थिए ।

    त्यस्तै, ट्रम्पले मस्कको न्युरालिङ्क र कृत्रिम बुद्धिमत्तासम्बन्धी कामको पनि प्रशंसा गरेका थिए । न्युरालिङ्कमार्फत दृष्टि, बोली र हिँडडुल गर्ने क्षमता गुमाएका मानिसलाई ती क्षमता पुनः प्राप्त गर्न सहयोग पुर्‍याउने प्रयास भइरहेको उनले बताएका थिए ।

    राष्ट्रिय विज्ञान पदकबाट गुगलका सहसंस्थापक सर्गेई ब्रिन, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र एएमडीकी प्रमुख कार्यकारी अधिकृत लिसा सु पनि सम्मानित भएका छन् । त्यस्तै, डेल टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत माइकल डेल र माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको थियो ।

    सन् १९५९ मा स्थापना गरिएको राष्ट्रिय विज्ञान पदक अमेरिकामा विज्ञान क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने प्रमुख सम्मानमध्ये एक हो ।  ट्रम्पका दुवै कार्यकालमा पहिलोपटक राष्ट्रिय विज्ञान पदक र राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको जनाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # थोमस एडिसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।