Logo

२०८३, मंसिर १२गते


images
images

काठमाडौंको टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

काठमाडौंको टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

images
  • काठमाडौंको टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ
    images

    काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।

    images
    images

    प्रहरीले जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासुसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले उक्त मासु बा.५६ प.७५६० नम्बरको भ्यान र बा.२० च.६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला परेका थिए ।

    images

    पक्राउ पर्नेहरूमा सिन्धुलीका दिलबहादुर मोक्तान, मुगुका करण बानियाँ, ललितपुरका मनोज थापा, धादिङका सनम तामाङ र राजु लामा, काभ्रेपलाञ्चोकका टेकबहादुर तामाङ र दिनेश महत तथा दोलखाका निखिल उप्रेती रहेका छन् ।

    पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खसीको मासु
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।