देवदह । रुपन्देहीको देवदहमा रहेको पल्लवी बचत तथा ऋण सहकारी संस्थाको तीन सेवा केन्द्रको साधारण सभा एकै दिन गरिएको छ ।
१५ औँ वार्षिक साधारणसभा अन्तर्गत सनिबार सहकारीको भवानीपुर, चरङ्गे र ढेकावार सेवा केन्द्रको साधारण सभा गरिएको हो ।
जसअनुसार भवानीपुर सेवा केन्द्रको साधारणसभा संस्थाकी अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता र देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै चरङ्गे सेवा केन्द्रको संस्थाका सचिव पूर्ण प्रसाद पौडेको अध्यक्षता र देवदह-१० का अध्यक्ष यक बहादुर सुनारको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
ढेकावार सेवा केन्द्रको कोषाध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षता र निवर्तमान अध्यक्ष प्रमोद खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।
देवदह-७ मा केन्द्रीय कार्यालय रहेको सहकारीले देवदह नगरपालिका क्षेत्रभित्र वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology