Logo

२०८३, मंसिर ६गते


images
images

पल्लवी सहकारीद्वारा ३७ जना ज्येष्ठ शेयर सदस्य सम्मानित

पल्लवी सहकारीद्वारा ३७ जना ज्येष्ठ शेयर सदस्य सम्मानित

images
  • पल्लवी सहकारीद्वारा ३७ जना ज्येष्ठ शेयर सदस्य सम्मानित
    images

    देवदह । देवदहको पल्लवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम ७५ वर्ष उमेर पूरा गरेका कुल ३७ जना ज्येष्ठ सदस्यहरूलाई निवासमै पुगेर नगदसहित सम्मान गरेको हो ।

    images
    images
    images

    कार्यक्रम अन्तर्गत संस्थाको मुख्य कार्यालयबाट २२ जना, चरङ्गेबाट ८ जना, वडा नं. ६ बाट ३ जना, भवानीपुरबाट २ जना र खैरेनीबाट २ जना गरी जम्मा ३७ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको सहकारीका सचिव पवन पौडेलले जानकारी दिए । सम्मान स्वरुप प्रत्येक सदस्यलाई नगद १,२००(एक हजार दुई सय रुपैयाँ) प्रदान गरिएको संस्थाले जनाएको छ ।

    images
    images

    घरदैलो अभियानका क्रममा संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले ज्येष्ठ सदस्यहरूको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए ।

    images

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।