Logo

२०८३, मंसिर ११गते


images
images

अन्तर्राष्ट्रिय

१० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना

१० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना

images
  • १० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बने समय रैना
    images

    काठमाडौँ । भारतीय हास्य कलाकार समय रैना युट्युबमा १० लाख च्यानल सदस्य बनाउने विश्वकै पहिलो युट्युबर बनेका छन् ।

    images
    images
    images

    उनको यो उपलब्धिलाई युट्युबले डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमानका रूपमा उल्लेख गरेको छ । रैनाको युट्युब च्यानलमा हाल १ करोड २४ लाख सब्सक्राइबर रहेका छन्, जुन नि: शुल्क हुन् । रैनाको च्यानलमा मासिक पैसा तिरेर सदस्य बन्नेको संख्या १० लाख नाघेको हो । उनले आफ्नो च्यानलमा सदस्य बन्न न्युनतम ५९ भारतीय रुपैयाँ प्रति महिना लिने गर्दछन् ।   

    images
    images

    गुगल इन्डियाले आफ्नो आधिकारिक ब्लगमार्फत रैनाको उपलब्धिको प्रशंसा गर्दै उनलाई सिर्जनाकर्तामुखी मनोरञ्जन क्षेत्रको महत्वपूर्ण व्यक्तित्वका रूपमा प्रस्तुत गरेको छ । युट्युबका अनुसार रैनाले आफ्नो च्यानललाई लाखौँ दर्शकका लागि मनोरञ्जन र भेटघाटको साझा माध्यम बनाएका छन् । 

    images

    यो उपलब्धि सन् २०२५ फेब्रुअरीमा उनको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ विवादमा परेपछि त्यसका सबै भाग युट्युबबाट हटाएको करिब एक वर्षपछि आएको हो । कार्यक्रममा युट्युबर रणवीर अलाहबादियाले आपत्तिजनक टिप्पणी गरेपछि व्यापक आलोचना र प्रहरीमा उजुरी परेको थियो। त्यसपछि रणवीरले माफी मागेका थिए भने रैनाले पनि माफी माग्दै कार्यक्रमका सबै भाग हटाएका थिए ।

    गुगल इन्डियाका अनुसार युट्युबमा मनपर्ने सिर्जनाकर्तालाई आर्थिक सहयोग गर्ने दर्शकको संख्या पनि बढिरहेको छ । सन् २०२६ को जुन महिनामा भारतमा १२ लाखभन्दा बढी दर्शकले कम्तीमा एक च्यानल सदस्यता खरिद गरेका थिए । यसले भारतीय सिर्जनाकर्ताको सदस्यताबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी बढाएको कम्पनीले जनाएको छ ।

    ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजनको अन्तिम कार्यक्रममा रैनाले विवादपछिको कठिन समयबारे पनि बताएका थिए । क्यानडामा रहँदा आफू निराशामा परेको र कार्यक्रम पुनः सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भनेर पटकपटक कृत्रिम बौद्धिकता प्रविधिसँग प्रश्न गर्ने गरेको उनले खुलासा गरेका थिए ।

    सन् २०२६ मा ‘स्टिल अलाइभ’ नामक हास्य प्रस्तुतिमार्फत रैना पुनः दर्शकमाझ फर्किएका थिए। सोही क्रममा उनले ‘इन्डियाज गट लेटेन्ट’को दोस्रो सिजन फर्काउने घोषणा गरेका थिए । दोस्रो सिजन युट्युब र नेटफ्लिक्समा प्रसारण भएको थियो, जसमा आलिया भट्ट, वरुण धवन, हुमा कुरैशी र करण औजला लगायत सहभागी भएका थिए ।

    कार्यक्रमको दोस्रो सिजन समाप्त भएसँगै युट्युबमा १० लाख च्यानल सदस्य बनाउने उनको नयाँ उपलब्धिले रैनाको डिजिटल यात्रामा अर्को महत्वपूर्ण सफलता थपेको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युट्युबर
  • # समय रैना
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।