Logo

२०८३, मंसिर ११गते


images
images

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

images
  • करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी
    images

    काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ ।

    images
    images
    images

    नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् ।

    images
    images

    चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रका श्रमिकका लागि स्थानीय तहको सहयोगदानसहित संघीय सरकारले एक प्रतिशत सह-योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ ।

    images

    सरकारले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

    हाल कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।

    यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ नारासहित मनाइएको हो ।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।