Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरले करार कर्मचारीलाई हटाउने

पोखरा महानगरले करार कर्मचारीलाई हटाउने

images
  • पोखरा महानगरले करार कर्मचारीलाई हटाउने
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ ।

    images
    images
    images

    महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो ।

    images
    images
    images

    बैठकले सर्वसम्मत निर्णय गरेको छ । कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

    images
    images
    images

    उनीहरूको पदमा प्रदेश लोकसेवा आयोगबाट स्थायी कर्मचारीले नियुक्ति लिइसकेका कारण करार कर्मचारी हटाउन लागिएको महानगरले जनाएको छ ।

    बिदा हुने कर्मचारीमा १० जना इन्जिनियर र १८ जना सब इन्जिनियर छन् । बैठकले ५ जना शिक्षिका र २ जना सामाजिक परिचालिकालाई पनि बिदा गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।