काठमाडौँ । झापा र कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-९ लिलाबस्तीका ४६ वर्षीय तिलक श्रेष्ठ ६० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ का ३३ वर्षीय महेश चौधरी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology