Logo

२०८३, मंसिर ७गते


images
images

अपराध

कटुवा पेस्तोल र गोलीसहित धनुषामा महिला पक्राउ

कटुवा पेस्तोल र गोलीसहित धनुषामा महिला पक्राउ

images
  • कटुवा पेस्तोल र गोलीसहित धनुषामा महिला पक्राउ
    images

    धनुषा । धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका-४ स्थित गौरीपुर टोलबाट सिरहाको कल्याणपुर नगरपालिका-५, निर्धना टोल निवासी ४० वर्षीया गंगावती महतोलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    प्रहरीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images

    प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउन्ड लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो ।

    images

    पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।