Logo

२०८३, मंसिर ७गते


images
images

चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ

चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ

images
  • चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ
    images

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक २९ गते राति करिब ११: ४५ बजे मनमती करिडोरस्थित सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज १८०५ नम्बरको माइक्रोबस हराएको सूचना प्राप्त भएको थियो ।

    images
    images

    सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर ५ गते बिहान १०: ३० बजे काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।

    प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माइक्रोबस
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।