Logo

२०८३, मंसिर ७गते


images
images

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

images
  • एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स  : युएईमाथि नेपाल ६ विकेटले विजयी
    images

    काठमाडौं । नेपालले एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईलाई पराजित गरेको छ । कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    युएईले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले २२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images

    नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ५७ रन बनाए भने मयन यादवले २७, बसिर अहमदले १८ रन बनाएका थिए । त्यस्तै युएईका बलर मुहमद मोहसिनले २ विकेट लिए भने उद्दिश सुरी र अंश टन्डनले एक एक विकेट लिए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो । युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

    पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हासिल गरेर प्रतियोगितामा कमब्याक गरेको छ । अब नेपालले तेस्रो तथा अन्तिम खेल पाकिस्तान ए सँग मंगलबार खेल्ने तालिका छ । त्यस्तै युएईले भने दुवै खेलमा हार बेहोरेको छ र अब अन्तिम खेल मंगलबार नै भारत ए सँग खेल्ने तालिका छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युएई
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।