Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप डिभिजन लिग- २

विश्वकप डिभिजन लिग- २ : ओमानमाथि युएई २५ रनले विजयी

विश्वकप डिभिजन लिग- २ : ओमानमाथि युएई २५ रनले विजयी

images
  • विश्वकप डिभिजन लिग- २ : ओमानमाथि युएई २५ रनले विजयी
    images
    images

    काठमाडौँ । युएईले जारी आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ सिरिज अन्तर्गतको खेलमा ओमानलाई पराजित गरेको छ । सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले ओमानलाई २५ रनले पराजित गरेको छ । 

    images
    images
    images

    युएईले दिएको २६९ रनको लक्ष्य पछाएको ओमानले ४७.५ ओभरमा अल आउट हुदै २४३ रन बनाएको थियो । ओमानलाई अल आउट गर्नेक्रममा युएईका बलर अजय कुमारले ६ विकेट लिएका थिए । 

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको युएईले आर्यांश शर्माको १०५ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो । 

    images
    images
    images

    यो जितपछि युएईको २२ खेलमा १२ रन भएको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।