Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

images
  • अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् ।

    images
    images
    images

    टियु क्रिकेट मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    नेपालले आज खेलाडीमा कुनै परिवर्तन गरेको छैन ।  आज रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी रहेका छन् ।

    images
    images
    images

    यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

    जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २२ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ । 

    त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप डिभिजन लिग- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।