Logo

२०८३, कार्तिक ३०गते


images
images

समाचार

दुईवटा शंकास्पद गाडीसहित बर्दघाटबाट एक जना पक्राउ

दुईवटा शंकास्पद गाडीसहित बर्दघाटबाट एक जना पक्राउ

images
  • दुईवटा शंकास्पद गाडीसहित बर्दघाटबाट एक जना पक्राउ
    images

    परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले दुईवटा शंकास्पद गाडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ स्थायी घर भई हाल बर्दघाट नगरपालिका-४ बाढीपीडितमा बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार हरिजनले बर्दघाट नगरपालिका-९ भुताहाकी ४८ वर्षीया दुर्गा गुरुङसँग बा ११ च ८१९५ नम्बरको सुजुकी स्विफ्ट भीडीआई पुरानो गाडी १२ लाख रुपैयाँमा किनबेच गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार गुरुङले पटक-पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेकी थिइन् ।

    images
    images
    images

    बाँकी रकम दिएर गाडी नामसारी गर्न खोज्दा हरिजनले उक्त गाडी पास गर्न नमिल्ने भन्दै बा.१५ च. ५१८१ नम्बरको रातो रङको हुन्डाई कम्पनीको आई-१० गाडी र त्यसका कागजात उपलब्ध गराएका थिए ।

    images
    images

    तर, उक्त गाडीको सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर र च्यासिस नम्बर गाडीसँग मेल नखाएपछि चोरीको आशंका लागेर गुरुङले इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराएकी थिइन् । जानकारी प्राप्त हुनासाथ प्रहरीले हरिजनलाई दुवै गाडीसहित नियन्त्रणमा लिएको हो ।

    प्रहरीले पक्राउ परेका हरिजनमाथि सम्मानित अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।