Logo

२०८३, कार्तिक ३०गते


images
images

बझाङमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चालक नियन्त्रणमा

बझाङमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चालक नियन्त्रणमा

images
  • बझाङमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चालक नियन्त्रणमा
    images

    बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    images
    images
    images

    सोमबार बिहान टुमेडाबाट वडा नं. ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा बुङ्गल नगरपालिका–१० का ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको छ ।

    images
    images

    अटोमा चालकसहित ६ जना सवार रहेकामा १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको जनाइएको छ ।

    प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।