सल्यान । सल्यानको बागचौर नगरपालिका–१० मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
गएराति १: ३० बजे रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो । दुर्घटनामा छत्रेश्वरी गाउँपालिका–५, सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अटो चालक बागचौर नगरपालिका–१०, माथिल्लो मोखोलाका निर्मल कवर मगरलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology