पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेको उद्धार गर्नुका साथै दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मुझुङबाट करिब २४ किलोमिटर पश्चिम–उत्तरमा पर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology