Logo

२०८३, श्रावण ३०गते


images
images

अटो दुर्घटना

रोल्पामा अटो दुर्घटना हुदा चालकसहित ७ जना घाइते

रोल्पामा अटो दुर्घटना हुदा चालकसहित ७ जना घाइते

images
  • रोल्पामा अटो दुर्घटना हुदा चालकसहित ७ जना घाइते
    images
    images

    रोल्पा । रोल्पाको रोल्पा नगरपालिका-६ कोटगाउँस्थित दार्बोट-माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

    images
    images
    images

    दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटोको ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा अटो चालक ३९ वर्षीय कविराम घर्ती मगर, २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक घाइते भएका छन् । घाइते सबैको उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • # रोल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।