Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

images
  • दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
    images
    images

    दैलेख । दुल्लु नगरपालिका-२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार दिउँसो पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.-०२-००१ ह १६५७ नम्बरको अटो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा अटोमा चालकसहित तीन जना सवार थिए ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका-२ का ७४ वर्षीय राम कामीको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते हुनेमा अटो चालक भैरवी गाउँपालिका-२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका-२ का ६५ वर्षीय गजबहादुर कामी रहेका छन् ।

    दुवै जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।