Logo

२०८३, श्रावण ३०गते


images
images

दाङमा दुई अटो ठोक्किदा ९ जना घाइते

दाङमा दुई अटो ठोक्किदा ९ जना घाइते

images
  • दाङमा दुई अटो ठोक्किदा ९ जना घाइते
    images
    images

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरस्थित फूलबारी क्षेत्रमा दुई अटो एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

    images
    images
    images

    दुर्घटनामा रा १ ह ४४६५ नम्बरको अटो चालक तुलसीपुर–१३ का २२ वर्षीय विक्रम चौधरी गम्भीर घाइते भएका छन्। उनको अनुहार तथा शरीरको भित्री भागमा चोट लागेको छ। प्रारम्भिक जाँचका क्रममा उनले मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    अन्य घाइतेहरूमा सोही अटोमा सवार घोराही उपमहानगरपालिका–७ का २१ वर्षीय विजय चौधरी र २० वर्षीया सुस्मिता चौधरी रहेका छन् । त्यसैगरी अर्को अटोका चालक तुलसीपुर–१३ का ४६ वर्षीय रुद्र शाहीसहित १३ वर्षीय हिरालाल खत्री, २१ वर्षीय गोविन्द घिमिरे, ३५ वर्षीया केशरी घिमिरे, २७ वर्षीया हरिकला बुढा र १७ वर्षीया लक्ष्मी बुढा सामान्य घाइते भएका छन्।

    घाइते सबैको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।